२०८३ बैशाख १८, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मध्यबिन्दुका २ जना युवा लागूऔषध सहित पक्राउ

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( साल अघि) ४६३८ पाठक संख्या

कावासोती । नवलपुरमा अवैध लागूऔषध सहित दुई जना युवा पक्राउ परेका छन् ।

मध्यबिन्दु नगरपालिका-१० स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याब्लेट, स्पास्मो ३ सय ९३ क्याप्सुल, डाईजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल, नुफिन १० एम्पुल र नगद ४८ हजार ८२ रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका-१० बस्ने ३४ वर्षीय राकेश पाण्डे र सोही ठाउँ बस्ने २६ वर्षीय बिशाल पाण्डे रहेका छन् ।

बा.४० प ३९९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%६%४%३%७%५%

प्रतिक्रिया दिनुहोस