२०८३ भाद्र २, मंगलबार
नयाँ
पछिला अपडेट

विनयी त्रिवेणी गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननमा रोक

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) २८०६ पाठक संख्या

चोरमारा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका ढुंगा, बालुवा लगायत नदी तथा खानीजन्य पदार्थहरुको उत्खनन, ओसारपसार, भण्डारण र बिक्री वितरणमा रोक लगाएको छ।

विनयी त्रिवेणी गाउँपालिकाको बैठकले कोभिड १९ को अवस्थाका कारण शुक्रबार एक सूचना सार्वजनिक गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि शुक्रबार देखि नै लागू हुनेगरी गाउँभित्र नदी तथा खानीजन्य सामग्री उत्खनन, संकलन तथा निकासीलाई पुर्णरुपमा रोक लगाइएको गाउँपालिकाको सूचनामा उल्लेख गरिएको छ।

गाउँपालिकाले जारी गरेको सूचना विपरित कोही कसैले उक्त कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विनयी त्रिवेणी गाउँपालिकाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस