२०८३ जेष्ठ १०, आईतबार
नयाँ
पछिला अपडेट

डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) १०७६ पाठक संख्या

 

काठमाडौं । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ ।

कोरोना संक्रमण देखिएपछि १५ दिनअघि प्रहरी अस्पतालमा भर्ना भएका उनको निधन भएको हो ।

उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्ज स्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो।

तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृतक केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

काठमाडौको मूलपानी स्थायी घर भएका केसी एक वर्ष अघि मात्रै परिसरमा सरुवा भएर आएका थिए ।

आज संगठनले एक इमान्दार प्रहरी अफिसर गुमाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस