२०८२ आश्विन ३०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको गैंडाकोटमा निषेधाज्ञामा अझै कडाई

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) २३३५ पाठक संख्या

जेठ २ , गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकामा निषेधाञा थप कडाई गरिएको छ ।

नगरपालिका दिनप्रतिदिन कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि प्रशासनले भोलीराति १२ वजेदेखि जेष्ठ १० गते राति १२ वजेसम्म एक साताका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर छत्रराज पौडेलका अनुसार यसअघिका बन्द खासै प्रभावकारी नदेखिएपछि चेकब्रेक गर्नका लागि बन्दलाई थप कडाई गरिएको हो ।

उनका अनुसार गैँडाकोट नगरपालिकाबाट स्वास्थ्य सेवा तथा फोहोरमैला ब्यवस्थापन बाहेक अन्यसेवाहरु बन्द हुनेछन् ।

त्यसैगरी नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था हप्ताको दुई दिन सोमबार र विहिबार १० बजेदेखी १२ बजेसम्म मात्रै खुल्नेछन ।

औषधी उपचार गर्न अथवा दूध तथा पानी खरिदका लागी बाहिर निस्किन बाहेक अन्य कामले हिडँडूल गर्न बाहिर निस्किन नपाइने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

यस्तै विवाह, ब्रतबन्ध, पूजाआजा तथा मलामी जानुपरेमा सुरक्षाका मापदण्ड अपनाएर १५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस