२०८२ फागुन १०, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) १५०६ पाठक संख्या

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरको कावासोतीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार कावासोती ३ का ४३ बर्षीया महिला र कावासोती ८ का ७१ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कावासोती नगरपालिका वाड नम्बर ३ निवासी ४३ बर्षीया महिलाको नयाँ मेडिकल कलेज भरतपुरमा आज दिउँसो २:३० मिनेट जादाको समयमा निधन भएको हो ।

त्यसैगरी कावासोती ८ निवासी ७१ बर्षीय पुरुषको बैशाख २८ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका उनको ३० गते भरतपुर अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा ३१९ जना कोरोना संक्रमण मुक्त भएका छ्न भने कोरोनाको दोस्रो लहरमा १९ जनाको मृत्यु भएको जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५० पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१०%१%

प्रतिक्रिया दिनुहोस