२०८३ जेष्ठ ११, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ९२ जनामा कोरोना संक्रमण , निको हुने ३१९ जना पुगे

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित ( साल अघि) १९६६ पाठक संख्या

कावासोती । दोस्रो लहरमा नवलपुरमा शुक्रबार बेलुका सम्म १ हजार ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ३२ जना निको भएपछि निको हुनेको संख्या ३१९ जना पुगेका छन् भने थप ९२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज देवचुली नगरपालिकामा ५ जना , कावासोती नगरपालिकामा ३१ , गैंडाकोट नगरपालिका ४२ , मध्यविन्दुमा ४ , विनयी त्रिवेणीमा ९ र अन्यमा १ गरि ९२ सक्रमित थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुखका अनुसार शुक्रबार यो समाचार तयार पार्दा सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या१ हजार ८६ पुगेको छ।

कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा ३१९ जना कोरोना संक्रमण मुक्त भएका छ्न भने कोरोनाको दोस्रो लहरमा १८ जनाको मृत्यु भएको जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस