२०८२ फागुन १०, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीका आज एक कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) १५२४ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको छ।

उनको आज बिहान २ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

निमोनियाको समस्या आए पछी यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा पछिल्लो पटक १४ जनाको कोरोना कै कारण निधन भएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ सय ३५ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%८%

प्रतिक्रिया दिनुहोस