२०८३ श्रावण २९, शुक्रबार
नयाँ
पछिला अपडेट

कर्मचारीमा कोराेना संक्रमण भएपछि हुप्सेकोटमा ४ दिन सेवा बन्द

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित ( साल अघि) १८१३ पाठक संख्या

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकाको सेवा ४ दिनका लागि बन्द गरिएको छ । कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोराे,ना सं,क्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले जानकारी दिनुभयो।

सम्भावित संक्रमणको जोखमिलाई न्यूनीकरण गर्नका लागि कार्यलयबाट हुँदै आएको स्वास्थ्य लगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उपाध्यक्ष मल्लले बताउनुभयो । बैशाख १६ देखि १९ गतेसम्मका लागि सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका अन्य वडाहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अप्नाएर जारी राखिने जनाईएको छ । साथै गाउँपालिकाले संक्रमणबाट जोगिन स्वास्थ्य सर्तकता अप्नाउन सबैमा आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस