२०८२ फागुन १०, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ह्वात्तै बढ्यो कोरोना २३ जनामा संक्रमण

२०७८ बैशाख ११, शनिबार प्रकाशित ( साल अघि) २३४५ पाठक संख्या

कावासोती १०, बैशाख । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ।

खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेका छन् । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा दिनुहाँजसो ज्वरो आउने विरामीहरु आउन थालेका हुन्।

ज्वारो आएका र कोरोनाको आशंका लागेका विरामीहरुको अस्पतालले पीसीआर परीक्षण गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो एक हप्तामा संक्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा शय्या थप गर्न थालिएको छ ।

जिल्लामा कोरोना संक्रमण पुष्टि भएको संख्या २३ जना पुगेको छ । पछिल्लो एक हप्तामा संक्रमित संख्या कावासोतीमा १० जना , देवचुलीमा ६ जना , मध्यविन्दुमा २ जना, बिनयी त्रिबेणीमा ४ जना र बाहिर जिल्लाका १ जना नागरिक गरि जम्मा २३ जनामा संक्रमण देखिएको मध्यबिन्दु जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%१३%

प्रतिक्रिया दिनुहोस