२०८२ माघ १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट मौरि चराउन दाङ लैजाने

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) २७१५ पाठक संख्या

कावासोती । नवलपुरका कृषकहरु हरेक वर्ष मौरि चराउन दाङ्ग लैजाने गर्छन ।

मौरिका लागि उपयुक्त चरनक्षेत्र रहेका कारण हरेक वर्ष यहाँका कृषकहरुले चरिचरणका लागि तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर लगायतका स्थानमा मौरि चराउन लाने गरेका छन ।

विशेष कात्तिक महिनामा किसानहरु मौरि चराउन दाङ्ग जिल्ला लैजाने गरेका छन । “ यहाँ मौरिका लागि आवस्यक पर्ने मौरिको खाना सिमित छ, अधिक खानाको लागि दाङ्ग लैजानै पर्छ” नेपाल मौरि पालन व्यवशाय संघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेलले भने।

मौरिका लागि आवस्यक खाना दाङ्गमा जस्तै यहाँ किन बनाउन मिल्दैन भन्दा अध्यक्ष कंडेल भन्छन“ नमिल्ने हैन तर मौरिका लागि उचित वातावरण पनि आवस्यक हुने हुदा मौरिको खाना र वातावरण मिलाउन हरेक वर्ष मौरि घार बोकेर दाङ्ग लैजान्छौ ।

” अध्यक्ष कडंडेलले बताए । चिउरी,विभिन्न प्राकृतीक फुलहरु भएका क्षेत्रमा चराउन मौरि लानुपर्ने हुन्छ ।

मौरि चराउन कै लागि दाङ्गमा एक देखि तिन महिना वा सो भन्दा बढि लाग्ने अध्यक्ष कंडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस