२०८३ जेष्ठ १६, शनिबार
नयाँ
पछिला अपडेट

अधिकारी हत्याका अभियोग लागेका अभियुक्तहरुले पनि उच्च अदालत पाटनबाट पाए सफाई

२०७७ चैत्र २९, आईतबार प्रकाशित ( साल अघि) १८२३ पाठक संख्या

काठमाण्डौ चैत्र २९ ।

गोर्खा फुजेलका १७ वर्षिय कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोग लागेका १२ जनाले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले कृष्ण प्रसाद अधिकारी हत्याका आरोपिहरुलाइ चितवन जिल्ला अदालतकै फैसलालाइ सदर गरेको जानकारी हेटौंडा इजलासका उपरजिष्टार कैलाश भट्टराइले दिनु भयो ।

सफाइ पाउनेहरुमा उक्त घटनाका प्रतिवादी रहेका गोर्खा फुजेल बस्ने छविलाल पौडेल, सीता अधिकारी, रामप्रसाद अधिकारी , अजीव भनिने परशुराम पौडेल, कालीप्रसाद अधिकारी , हिमलाल अधिकारी , मेघनाथ पौडेल,विष्णु तिवारी , भीष्मराज पौडेल , जानुका पौडेल र रामप्रसाद अधिकारी र सुभद्रा तिवारी रहेका छन ।

२०६१ जेष्ठ २४ गते गोर्खा फुजेलका स्वर्गिय नन्दप्रसाद अधिकारी तथा गंगामाया अधिकारीका कान्छा छोरा १७ वर्षिय कृष्ण प्रसाद अधिकारीको चितवनको वकुलहर चौकका माओवादीहरुले अपहरण गरि हत्या गरेको अधिकारी दम्पतिले आरोप लगाउदै आइरहेका थिए ।

छोराको हत्यामा संलग्न व्यक्तिहरुलाइ कारवाहिको माग गर्दै अधिकारी दम्पती पटक पटक अनसन बस्दै आइरहेका छन ।

यसमध्ये नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते सोमबार अनसनको ३३३ दिनको दिन वीर अस्पतालमा निधन भएको थियो ।

भने गंगाामाया अधिकारी हालसम्म पनि वीर अस्पतालमा बस्दै आइरहेकी छिन । छोराको र पतिको न्यायको लागि गंगामाया विगत १११ दिन देखि अनसनरत रहेकि छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस