२०८३ भाद्र ९, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाकोट क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने, कुन कुन ठाउँमा अवरुद्ध हुँदैछ विद्युत ?

२०७७ चैत्र २१, शनिबार प्रकाशित ( साल अघि) २१४२ पाठक संख्या

कावासोती । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार गैंडाकोटको विभिन्न ठाउँमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ।

नारायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा झहरे खोला देखि शसस्त्र प्रहरी क्याम्पस सम्मका रुखहरु कटान गर्ने काम भएकाले विभन्न ठाउँमा विद्युत आपूर्ति बन्द गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

रजहर फिडर ११ केभि अन्तर्गत विभिन्न ठाउँमा विहान ८ बजे देखि साँझ ५ बजेसम्म आवश्यक्ता अनुसार विद्युत आपूर्ती बन्द गरिने छ।

विद्युत आपूर्ति बन्द हुनेमा गैंडाकोट नगरपालिका १०, ११, १२, १३, १४, १५, १६ र १७ वडाहरुमा विद्युत अवरुद्ध हुने भएको वितरण केन्द्रले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस