२०८२ अषाढ ३, मंगलबार
नयाँ
पछिला अपडेट

कांग्रेस नेता नवीन्द्रराज जोशी रहेनन्

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित ( साल अघि) १४९७ पाठक संख्या

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार निधन भएको छ।

फागुन १४ गते मस्तिष्कघात भइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ।

मस्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो। भेन्टिलेटरको सपोर्टमा उनको उपचार जारी राखिएको थियो।

अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो।

उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस