२०८३ बैशाख १८, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीको बर्दघाट स्थित सामुदायिक वनको आगलागी नियन्त्रणमा

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित ( साल अघि) २०३२ पाठक संख्या

रामु भुसाल

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट १० स्थित संसारकोट हरियाली सामुदायिक वनको वृक्षरोपण क्षेत्रमा आगलागी भएको छ ।

विहिबार दिउसो २ बजेदेखी सुरु भएको आगलागीले अमरदिप टोलको पश्चिम तर्फ रहेको सो क्षेत्रका बोट विरुवा नष्ट हुनुका साथै आगो अमरदिप टोलको बस्ती तर्फ प्रबेश गर्ने सम्भावना देखिएपछी बर्दघाट नगरपालिकाको दमकल, सव डिभिजन वनका पदाधिकारी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानिय बासीहरुको सँयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको हो ।

हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भए पनि करिब ४ घण्टाको अथक प्रयास पछि आगो नियन्त्रणमा लिएको र आगलागीबाट करिब ४ हेक्टर वन क्षेत्रफल प्रभावित भएको संसारकोट हरियाली सामुदायिक वनका अध्यक्ष कमल पराजुलीले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस