२०८३ भाद्र ९, मंगलबार
नयाँ
पछिला अपडेट

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय

२०७७ फागुन २४, सोमबार प्रकाशित ( साल अघि) १२१६ पाठक संख्या

काठमाडौँ २४ फागुन । साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग(अलग भएर जाने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको दाहाल(नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आ(आफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको बताए । अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्।

खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो ।’

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु सहभागी थिए।

नेकपा नामसम्बन्धी विवादमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै कट्टेललाई नाम दिएपछि एमाले र माओवादी केन्द्र व्युतिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस