२०८३ जेष्ठ ३१, आईतबार
नयाँ
पछिला अपडेट

योगेश भट्टराई सवार गाडीको ठक्‍करले साइकल यात्री घाइते

२०७७ फागुन १७, सोमबार प्रकाशित ( साल अघि) १८३२ पाठक संख्या

काठमाडौँ  : नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।

‘उहाँ चढ्नु भएको गाडीले साइकल यात्रीलाई ठक्क दिएछ । इन्द्रप्रसाद घिमिरे जो साइकल यात्री हुनुहुन्थ्यो उहाँको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिदै भने, ‘थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस