२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटनामा एक जनाकाे निधन

२०७७ कार्तिक ९, आईतबार प्रकाशित ( साल अघि) ९४४ पाठक संख्या

कात्तिक ९ गैंडाकोट । नवलपुरमा गएराती भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ। गैडाकोट नगरपालिका वडा नं। ९ थुम्सीमा गएराती पूर्वबाट पश्चिम आउदै गरेको लु ४३ प ६८९७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई डाईभर्सनबाट तल खस्दा मोटरसाईकल चालकको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते बाराको बारागढी गाउँपालिका ४ घर भई हाल गैडाकोेट १२ हर्कपुरमा मोटरसाईकल ग्यारेजका मजदुर २५ बर्षीय गौतम चौधरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको गैडाकोट प्रहरीले जनाएको छ।

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस