२०८३ अषाढ ८, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरको दाउन्ने गैंडाकोट सडक खण्डमा रुख काटिने क्रम अन्तिम चरणमा

२०७७ कार्तिक १, शनिबार प्रकाशित ( साल अघि) १६१५ पाठक संख्या

होमराज रानाभाट

कावासोती, १ कार्तिक। पूर्व पश्चिम राजमार्ग विस्तारमा पूर्वी नवलपरासीको दाउन्ने गैंडाकोट सडक खण्डमा रुख काटिने क्रम अन्तिम चरणमा पुगेसँगै सडक निर्माणले गति लिने भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको बुटवल नारायणगढ सडक खण्डको ११४ किलोमिटर सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि शुरु भएको निर्माण कार्यले करिब सात महिनाको कोरोना भाईरसको उच्च जोखिमका समयमा भने ठप्प रहेकोमा अहिले राजमार्ग निर्माणले गति लिएको छ ।

अहिले यो राजमार्गमा दाउन्ने पूर्व झण्डै २६ हजार रुख कटान भैसकेका छन् भने अब करिब १५ हजारको संख्यामा रुखहरु कटान हुने क्रममा रहेका छन् । यसरी सडक निर्माणले तीब्रता लिएको आयोजनाका ईन्जिनियर सुजन अधिकारीले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही क्षेत्रका करिब ४६ हजार २ सय ९४ रुख काटिने डिभिजनल बन कार्यालय नवलपुरले जनाएको छ । अधिकृत सुबेदीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस