२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

सामुहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

२०७७ आश्विन २८, बुधबार प्रकाशित ( साल अघि) १८४१ पाठक संख्या

नवलपुर, असोज २८ ।

सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ की १७ वर्षीया किशोरीलाई असोज २२ गते राति ११ बजेतिर एउटा रित्तो घरमा लगेर उनीहरुले सामुहिक बलात्कार गरेको आरोप लागेको छ।

पक्राउ पर्नेमा तुलसीपुर ५ रानी जरुवा निवासी १८ वर्षीय विष्णु बुढाथोकी, वडा नं ७ रामनगर टोल निवासी १८ वर्षकै करण नेपाली र तुलसीपुर ५ प्रगती टोल निवासी २० वर्षीय प्रकाश वलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

घटना लगतै उनीहरु सबै फरार रहेका थिए। पीडित किशोरीको जाहेरीका आधारमा गएराति उनीहरुलाई लुकिछिपी बस्दै आएको अवस्थामा तुलसीपुरबाटै पक्राउ गरिएको डिएसपी सिंहले बताए। उनीहरु माथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस