२०८३ श्रावण १३, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरको सिडीयोमा पंगेनी आँउदै

२०७७ भाद्र १७, बुधबार प्रकाशित ( साल अघि) १६५० पाठक संख्या

कावासोती, १७भाद्र । गृह मन्त्रालयकी सहसचिव मनमाया पङ्गेनीलाई नवलपरासी(पूर्व)को प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा पदस्थापन गरिएको छ ।गृहमन्त्रालयले पहिलो पटक नवलपुरमा महिला प्रमुख जिल्ला अधिकारीको रुपमा पंगेनीलाई पठाउन लागेको हो।

गृह मन्त्रालयले केही अघि दिन अघि मात्रै सरुवा भएर आएकी पङ्गेनीलाई नवलपरासी(बर्दघाट सुस्ता पूर्व) सिडिओ बनाई पठाएसँगै त्यहाँका सिडिओ पीताम्बर घिमिरेलाई रुपन्देही सरुवा गरिएको छ ।

रुपन्देहीका सिडिओ महादेव पन्थ(सहसचिव) प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा सरुवा भएसँगै सो पद रिक्त रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस