२०८३ अषाढ २४, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासी प्रशासनको निर्देशन सोह्रश्राद्ध गराउँदा स्वास्थ्य सतर्कता अपनाउन पर्ने

२०७७ भाद्र १६, मंगलबार प्रकाशित ( साल अघि) १४४४ पाठक संख्या

नवीन पौडेल

परासी, १६ भदौ — जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीले सोह्रश्राद्धमा अनिवार्य रूपमा स्वास्थ्य सतर्कता अपनाएर मात्र श्राद्ध गर्न/गराउन निर्देशन जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकद्वारा जारी आदेशमा पुरोहितहरूले एकै दिन विभिन्न घरमा गएर पितृकर्म गर्दा कोरोना संक्रमण फैलन सक्ने अवस्था ध्यानमा राखी पूर्णरूपमा स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ । साथै श्राद्धमा आफन्त, इष्टमित्रलाई निमन्त्रणा गर्न नपाइने उल्लेख छ ।

‘सम्भव भए र उपलब्ध भएसम्म पीपीई लगाएर पितृकर्म गरौं, नभए सामाजिक दूरी अनिवार्य पालना गर्न भनिएको हो,’ प्रजिअ पाठकले भने, ‘साबुन–पानीले बारम्बार हातमुख धुने, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरेर मात्र पितृकर्म गर्न भनिएको हो ।’

विभिन्न जिल्लामा अनलाइनमार्फत पितृकर्म सम्पन्न गर्न भनिए पनि यहाँ धार्मिक आस्थाका कारण सामाजिक दूरी कायम गरेर पितृकर्म गर्न सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस