२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

डुबेर पाँच जनाको मृत्यु

२०७७ भाद्र ७, आईतबार प्रकाशित ( साल अघि) १४७९ पाठक संख्या

चितवन। चितवनको रत्ननगरमा खाल्डोमा डुबेर २ वर्षीय बालिकाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–९ गणेश चोकस्थित सुकुम्बासी टोलमा रहेको फोहोर जम्मा गर्ने खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको हो। मृत्यु भएकी बालिका मनिकलाल मुखियाकी छोरी हुन्।

उता कञ्चनपुरको कृष्णपुर नगरपलिकामा पर्ने ओखलफाँटामा १० वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ। सुरेश बोहोराका छोरा नरेशको बनारा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

उता रौतहटको गढीमाई नगरपालिकास्थित धरमपुर टोलमा आज विहान  वाग्मतीमा वेपत्ता भएका तीन बालिका मृत फेला परेका छन्। मृतकहरू दुई जना १० वर्षीया र १ जना १२ वर्षीया रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस