२०८२ माघ २१, बुधबार
नयाँ
पछिला अपडेट

महिला बेचविखनमा संलग्न दुई जना पक्राउ

२०७५ पौष २, सोमबार प्रकाशित ( साल अघि) १६६० पाठक संख्या

कावासोती, २ पुष । भारतमा महिला बेच विखन गर्ने दुइ जनालाइ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ । गत मंसिर २७ गते वैदेशिक राेजगारकाे प्रलाेभन देखाइ पश्चीमी नवलपरसाीकाे महेसपुर नाकाबाट भारतमा बेचिन लागिएकाे २ जना महिलाहरूलाइ माइती नेपाल र सिमा प्रहरी चाैकी महेसपुरकाे सहयाेगमा उद्दार गरिएकाे थियाे।

जिल्लाकाे पाल्हीनन्दन गाउँपालिका १ महेसपुर नाकाबाट उद्दार गरिएकाे ति पिडित दुबै महिलाहरूकाे बयानका अाधारमा प्रहरीले काराेबारी दुइ जनालाइ पक्राउ गरि मानव बेचविखन तथा ओसारपसार मुद्धा दर्ता चलाइअनुसन्धान गरि रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा पुर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१७ बस्ने निशा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जिवन विक रहेकाे प्रहरीले जनाएकाे छ ।  थापाका अनुसार  उनीहरुले ती महिलालाई वैदेशिक रोजगारीमा लगाईदिने प्रलोभनमा पारेर भारतमा बेचबिखनका लागि लैजाने क्रममा उद्दार गरिएकाे थियाे। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस