२०८३ अषाढ १६, मंगलबार
नयाँ
पछिला अपडेट

बर्डफ्लु संक्रमण ; काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

२०८३ अषाढ १६, मंगलबार प्रकाशित ( घण्टा अघि) १४ पाठक संख्या

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बर्डफ्लु संक्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।

केही हप्तादेखि बर्डफ्लु संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।

बनेपा नगरपालिका–६ र १३, पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा। बज्रकिशोर ठाकुरले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस