२०८३ भाद्र १५, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाबुको खुर्पा प्रहारबाट ४३ वर्षीय छोराको मृत्यु  

२०८३ जेष्ठ १७, आईतबार प्रकाशित ( महिना अघि) ८२५ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ।

गए राति करिब १० बजे स्थानीय ६३ वर्षीय डम्मर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार ९खुर्पा० प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। उपचारकै क्रममा राति १०:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रयोग गरिएको खुर्पा बरामद गरेको छ भने आरोपी डम्मर गिरीलाई नियन्त्रणमा लिइसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस