कोल्हुवा । मध्यविन्दु नगरपालिका वडा नं २ स्थित कुमारवर्ती माध्यमिक विद्यालय मा कार्यरत माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयका शिक्षक वसन्त राज चापागाईं विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भई पदभार ग्रहण गर्नुभएको छ।
नवनियुक्त प्रधानाध्यापक चापागाईंलाई विद्यालय परिवार, शिक्षक कर्मचारी, अभिभावक, जनप्रतिनिधि तथा स्थानीय समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। विज्ञान विषय अध्यापनमा लामो अनुभव हासिल गर्नुभएका चापागाईंले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन कायम, प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
विद्यालय व्यवस्थापन पक्षका अनुसार उहाँको नेतृत्वमा विद्यालयले शैक्षिक, प्राज्ञिक, भौतिक तथा सामाजिक विकासमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ। प्रधानाध्यापक चापागाईंले विद्यालयको समग्र उन्नयन र शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

