कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं। १ स्थित सिसेनी जंगलमा गैडाको आक्रमणबाट मोटरसाइकलमा क्षति पुगेको छ।
आज बिहान करिब ६ः५५ बजे सिसेनीबाट तमासपुरतर्फ जाँदै गरेको ना ४४ प २०६२ नम्बरको मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका वडा नं। १ बगुवन बस्ने अन्दाजी ५५ वर्षीय चन्द्र विकलाई बाटोमा गैडाले छेकेको प्रहरीले जनाएको छ।
गैडा देखेपछि चालक विक मोटरसाइकल छाडेर रुखमा चढी सुरक्षित रहेका थिए। त्यसपछि गैडाले मोटरसाइकलमा आक्रमण गरी क्षति पुर्याएको र घटनास्थलमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

