२०८२ फागुन १२, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर–२ मा भरोसाका नायक: ओमबहादुर घर्तीको विकास र परिवर्तनको यात्रा

२०८२ फागुन १२, मंगलबार प्रकाशित ( घण्टा अघि) ८८ पाठक संख्या

नवलपुर । नवलपुर–२ बाटै देशमा परिवर्तनको नयाँ संकेत आइरहेको छ । भदौ २३–२४ पछि आएको राजनीतिक फेरबदलले जनताको आशा र भरोसामा नयाँ ऊर्जा भरेको छ, र यही उत्साहको केन्द्रबिन्दु बनेका छन् ओमबहादुर घर्ती मगर, नेपाली कांग्रेसका उम्मेदवार घर्तीले नवलपुर–२ मा विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने स्पष्ट दृष्टि लिएर जनता माझ उभिएका छन्, जसले उनलाई क्षेत्रका मतदाताबीच मात्र होइन, देशभर लोकप्रिय बनाउने संकेत देखिन्छ।

घर्तीका अनुसार शिक्षा केवल किताब र कक्षा मात्र होइन, युवाको जीवन उज्यालो बनाउने साधन हो। उनी प्रविधि, सीप र रोजगारमुखी शिक्षा प्रणालीको पक्षमा छन्। सामुदायिक र संस्थागत विद्यालयलाई गुणस्तरीय बनाउने, सामुदायिक क्याम्पसहरूलाई आधुनिक पूर्वाधारसहित प्रविधिमैत्री बनाउने उनको योजना युवा र अभिभावकहरूबीच उत्साहको कारण बनेको छ। उनको अभियानले नवलपुर–२ का युवाहरूलाई “सपना यहीँ पूरा हुने” भन्ने भरोसा दिलाएको छ।

स्वास्थ्यलाई उनले आधारभूत अधिकारको रूपमा लिएका छन्। मध्यविन्दु प्रादेशिक अस्पतालदेखि जिल्ला आयुर्वेद अस्पताल र स्थानीय स्वास्थ्य चौकीसम्म स्तरोन्नति गर्ने, टाढा धाइरहनुपर्ने बाध्यता हटाउने उनको प्रतिबद्धताले आम जनता विशेष सन्तुष्ट छन्। गगन थापा द्वारा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ पारदर्शी र प्रभावकारी बनाउने योजना घर्तीको लोकप्रियता बढाउने अर्को कारण बनेको छ।

घर्तीको विकासको अर्को आधार कृषि र पशुपालन हो। पहाडी क्षेत्रका सुन्तला, कागती, किवी, अदुवा, कफी, बेसार र च्याउ जस्ता उत्पादनलाई पकेट जोनमा विकास गर्ने, प्रशोधन केन्द्र स्थापना गर्ने योजना किसानबीच विश्वास र उत्साह जगाएको छ। तराईमा केरा, उखु, तरकारी, मत्स्यपालन, बाख्रा र कुखुरापालनलाई व्यवस्थित, व्यवसायिक र यान्त्रिक बनाउने उनका कार्यक्रमले कृषक परिवारमा नयाँ आशा ल्याएको छ। पालिकास्तरमै चिस्यान केन्द्र स्थापना गर्ने योजना किसानको आय र जीवनस्तर सुधार्ने अपेक्षा राखिएको छ।

संसद् विघटनपछि आएको ताजा जनादेशलाई घर्तीले परिवर्तन र भरोसाको अवसरको रूपमा हेरेका छन्। पार्टीभित्र नयाँ नेतृत्व र उत्साहको सञ्चारले उनका उम्मेदवारीमा जनतामा उत्साह थपेको छ। लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका उनी सामाजिक र बौद्धिक क्षेत्रमा स्थापित नाम हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सँगको सक्रियता र अनुभवले उनको लोकप्रियतालाई अझ बलियो बनाएको छ।

आज नवलपुर–२ केवल निर्वाचन क्षेत्र मात्र होइन, परिवर्तन र विकासको प्रतीक बनेको छ। ओमबहादुर घर्ती मगरको स्पष्ट दृष्टि, व्यवहारिक योजना र जनताको भावना बुझ्ने क्षमता उनका समर्थकहरूको उत्साह र भरोसाको मूल कारण बनेको छ। मतदाता र कार्यकर्ताले विश्वास व्यक्त गर्छन्—उनको उम्मेदवारीले नवलपुर–२ मा मात्र होइन, सम्पूर्ण पार्टीको विजयमा नयाँ उर्जा थप्नेछ।

यसरी घर्तीको लोकप्रियता, जनभावना र क्षेत्रीय विकासको प्रतिवद्धता उनको नेतृत्वको बलको रूपमा उजागर भएको छ, र नवलपुर–२ मा परिवर्तन र भरोसाको नयाँ अध्याय सुरु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस