२०८३ बैशाख १०, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

२०८२ मंसिर २१, आईतबार प्रकाशित ( महिना अघि) ९८० पाठक संख्या

कावासोती। नवलपुरको देवचुलीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्।

जिल्ला प्रहरीका अनुसार देवचुली नगरपालिका केउरेनीमा सडक निर्माणको क्रममा राखिएको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक जीवन क्षेत्री गम्भीर घाइते भएका थिए। उनको  उपचारका क्रममा मृत्यु भयो।

मोटरसाइकलमा पछाडि बसेका शंकर क्षेत्री घाइते छन्। उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस