२०८२ कार्तिक ४, मंगलबार
नयाँ
पछिला अपडेट

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

२०८२ कार्तिक ४, मंगलबार प्रकाशित ( घण्टा अघि) १५७ पाठक संख्या

पोर्चुगल। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा आइतबार, १९ अक्टोबर २०२५ का दिन तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायबीच उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरे। प्रमुख अतिथिका रूपमा क्यातरिना पिइरेस थिइन्। कार्यक्रममा कोइम्ब्रा र वरपरका नेपाली समुदायको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको सञ्चालन सन्तोष पाण्डेले गरे। उहाँको प्रभावशाली प्रस्तुति र स्पष्ट सञ्चालन शैलीले कार्यक्रममा जोश र आकर्षण थपेको सहभागीहरूको प्रतिक्रिया थियो।

IMG 20251021 WA0056

सांस्कृतिक प्रस्तुतिहरूमा गीत, नृत्य, कविता, तिहार विशेष भोजन र सम्मान कार्यक्रम समावेश थिए। प्रस्तुतिहरूले नेपाली संस्कृतिको झल्को, एकता र पारिवारिक सद्भावलाई उजागर गरेका थिए। पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले आफ्नो भाषा, संस्कृति र परम्परा जोगाइराख्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

संस्थाका संस्थापक सन्तोष पाण्डेका अनुसार, नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना गर्ने र समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न विशेष पहल गर्ने योजना बनाएको छ।

IMG 20251021 WA0057

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस