२०८३ अषाढ ६, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणमा परि महिला घाइते

२०८२ आश्विन २९, बुधबार प्रकाशित ( महिना अघि) ९३० पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका–१३ लौखनीकी ५८ वर्षीया जुलिया महतो गैंडाको आक्रमणमा परि घाइते भएकी छन्।

आज दिउँसो करिब १ बजेर ५५ मिनेटमा आफ्नै घर नजिक रहेको नमुना सामुदायिक वनमा दाउरा काट्न गएकी महतोमाथि गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणबाट उनको बाँया खुट्टाको पिँडुला, कम्मर, दाहिने हात र पेटमा चोट लागेको छ। उनी प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएकी थिइन्। गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस