२०८३ बैशाख १६, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा श्रीमानको प्रहारबाट श्रीमतीको मृत्यु

२०८२ आश्विन ८, बुधबार प्रकाशित ( महिना अघि) ८८३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका–८, सगरमाथा टोलमा घरेलु विवादका क्रममा श्रीमानको प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४२ वर्षीय सुर्य प्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया पत्नी संगिता पौडेल पाण्डेलाई धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी पौडेललाई प्रहरीले तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डापुर पुर्‍याएको थियो। तर उपचारका क्रममा साँझ ७ बजेर १५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस