२०८३ अषाढ ६, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा नगर स्तरीय झम्टा गीत प्रतियोगिता आयोजना हुने

२०८२ भाद्र १८, बुधबार प्रकाशित ( महिना अघि) ८६५ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले थारु महिलाको महान पर्व जितियाको अवसरमा नगर स्तरीय झम्टा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ २५ गते बुधबार बिहान १० बजे नगरपालिकाको सभाहलमा हुने छ।

गीतका शीर्षक “प्राकृतिक जीवनशैली, स्वस्थकर रैथाने खाना” र “खुसी नगरवासी, समृद्ध नगरको चाहाना” रहनेछ । प्रथम हुने समूहले १५ हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीयले १२ हजार, तृतीयले ९ हजार ५ सय र सान्त्वनामा ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

नगरपालिकाले वडा कार्यालयमार्फत महिला समूह तथा आमा समूहलाई सहभागी गराउन आग्रह गरेको छ । साथै पुराना मौलिक संस्कृतिको संरक्षण हुने खालका गीत प्रस्तुत गर्न अनुरोध गरिएको उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस