२०८३ अषाढ ११, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा मोटरसाइकल ठक्कर, पैदलयात्रीको मृत्यु

२०८२ श्रावण ३१, शनिबार प्रकाशित ( 0 महिना अघि) १५०० पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका–१६ कुमारी टोलमा शुक्रबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुमारी टोलबाट सातघरेतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीया रुकमान परियारलाई ठक्कर दिएको हो।

टाउको, घाँटी र खुट्टामा गम्भीर चोट लागेकी परियारलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%४%

प्रतिक्रिया दिनुहोस