२०८३ जेष्ठ १, शुक्रबार
नयाँ
पछिला अपडेट

बर्दघाटमा बस दुर्घटना: एकको मृत्यु, १३ जना घाइते

२०८२ श्रावण १६, शुक्रबार प्रकाशित ( महिना अघि) ८४३ पाठक संख्या

कावासोती  — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन्।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको यात्रुवाहक बस बर्दघाट नगरपालिका–५ स्थित शान्तिनगर चोकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तका अनुसार दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि रुपन्देही पठाइएको छ भने सामान्य घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस