२०८३ आश्विन २०, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणी नदी पुलबाट हाम फाल्न लागेका पुरुषको प्रहरीद्वारा उद्धार

२०८२ श्रावण १६, शुक्रबार प्रकाशित ( १ साल अघि) ८५१ पाठक संख्या

नवलपुर । एकै दिन नारायणी नदीमा हाम फालेर दुई जना वेपत्ता भएको तीन दिनपछि पुनः एक जना पुरुषले नदीमा हाम फाल्ने प्रयास गरेका छन्। गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीको पुलबाट हाम फाल्न लागेका भरतपुर महानगरपालिका–४ निवासी ५४ वर्षीय पुरुषलाई प्रहरीले सकुशल उद्धार गरेको हो।

प्रहरीले ती व्यक्तिको नाम र ठेगाना गोप्य राखेको छ। उनलाई उद्धारपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० मधु नेपालले जानकारी दिए।

यसअघि, गत बुधबार नारायणी नदीमा हाम फालेका गैँडाकोट नगरपालिका–५ कुसमुघाटका १५ वर्षीय आदेश श्रेष्ठ र नुवाकोटका ५९ वर्षीय मिठा गिरी अझै वेपत्ता रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑