२०८२ फागुन ३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सवारी दुर्घटना, ३ वर्षीय बालक घाइते

२०८२ श्रावण ६, मंगलबार प्रकाशित ( महिना अघि) ९६५ पाठक संख्या

कावासोती । कावासोती नगरपालिका–१ हात्तिखोरस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एक तीन वर्षीय बालक घाइते हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मिति २०८२ साउन ६ गते साँझ करिब ५:३० बजे विश्वज्योती बोर्डिङ स्कुल, देवचुलीबाट संचालित ग १ ख २३८२ नम्बरको विद्यालय बसले पैदल हिँडिरहेका वान्स गाहा मगरलाई ठक्कर दिएको हो।

घाइते बालक कावासोती–१ का आशा गाहा मगरका छोरा भएको बताइएको छ। दुर्घटनाबाट बालकको बायाँ खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते बालकलाई तत्काल उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%३%

प्रतिक्रिया दिनुहोस