२०८२ अषाढ १५, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जंगली च्याउ खाँदा १६ जना बिरामी, ३ जनाको अवस्था गम्भीर

२०८२ अषाढ १४, शनिबार प्रकाशित ( घण्टा अघि) २१७ पाठक संख्या

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा जंगली च्याउ खाँदा १६ जना बिरामी परेका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरीका अनुसार जिवनज्योती चर्च मण्डलीको नयाँ निर्माणाधीन भवनमा ढलानको काम गर्न गएका विभिन्न स्थानका मजदूरहरूले जंगली च्याउ पकाएर खाएका थिए।

च्याउ खाएको केही समयमै उनीहरूमा बान्ता, पेट दुख्ने, शरीर कमजोर हुने जस्ता लक्षण देखिएपछि तत्कालै अस्पताल लगिएको थियो।बिरामीहरूमध्ये ८ जना सरकारी अस्पताल भरतपुर, चितवनमा र अन्य ८ जना पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत छन्।

सरकारी अस्पताल भरतपुरमा उपचाररत बिरामी:

१. समिमाया राना (५१ वर्ष) – मध्यम अवस्था
२. कविता लुङगेली (१७ वर्ष) – मध्यम अवस्था
३. सिताराम गरन्जा मगर (३७ वर्ष) – मध्यम अवस्था
४. निशा ठाडा मगर (१७ वर्ष) – गम्भीर अवस्था
५. कृण्ण बहादुर राना (४८ वर्ष) – मध्यम अवस्था
६. जसु डिसुवा मगर (७८ वर्ष) – मध्यम अवस्था
७. एकबिर बराल (४५ वर्ष) – गम्भीर अवस्था
८. चुलिमाया थापा (५० वर्ष) – गम्भीर अवस्था

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत बिरामी:

१. गनिसरा राना मगर (६६ वर्ष) – मध्यम अवस्था
२. मनमाया लुङगेली मगर (४० वर्ष) – मध्यम अवस्था
३. धनमाया लुङगेली (३५ वर्ष) – मध्यम अवस्था
४. संजय कुमाल (३१ वर्ष) – सामान्य अवस्था
५. एरिना कुमाल (७ वर्ष) – सामान्य अवस्था
६. रुमा गाहा मगर (५० वर्ष) – मध्यम अवस्था
७. हुमाया सारु मगर (४२ वर्ष) – मध्यम अवस्था
८. राजन राना मगर (१८ वर्ष) – मध्यम अवस्था

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै घटनाबाट ज्यान जोखिममा पर्न सक्ने भएकाले जंगली च्याउ सेवन गर्दा विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस