२०८२ अषाढ १५, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एसईई दिने ८४७ मध्ये ४६३ विद्यार्थी पास

२०८२ अषाढ १४, शनिबार प्रकाशित ( दिन अघि) १६२ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाबाट सामुदायिक र संस्थागत विद्यालय गरी जम्मा ८४७ जना विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा ( एसईई ) दिएका थिए। तीमध्ये ४६३ जना विद्यार्थी ग्रेडेड (उत्तीर्ण) र ३८४ जना ननग्रेडेड (अनुत्तीर्ण) भएका छन्। समग्रमा नगरपालिकाको एसईई नतिजा ५४.६६ प्रतिशत रहेको छ।

नगरपालिकाभित्र १३ सामुदायिक र ९ संस्थागत विद्यालय रहेका छन्। सामुदायिक विद्यालयतर्फ नवजागरण नमुना माध्यमिक विद्यालय उत्तीर्ण प्रतिशतका आधारमा शीर्ष स्थानमा रहेको छ । उक्त विद्यालयका १२८ परीक्षार्थीमध्ये १०५ जना ग्रेडेड भएका छन्। सफलताको प्रतिशत ८२.०३ छ।

त्यसैगरी जनता माध्यमिक विद्यालय, इटौरा ( मध्यबिन्दु–३ ) दोस्रो स्थानमा आएको छ । सो विद्यालयबाट सहभागी २२ जनामध्ये १७ जना ग्रेडेड भएका छन्। यस विद्यालयको सफलताको प्रतिशत ७७.२७ छ ।

तेस्रो स्थानमा रहेको नेपाल लोकसेवा माध्यमिक विद्यालय, बसन्तपुर ( मध्यबिन्दु–९ ) बाट ९० मध्ये ६६ जना ग्रेडेड भएका छन्। यस विद्यालयको सफलताको प्रतिशत ७७.३३ रहेको छ।

१३ वटा सामुदायिक विद्यालयमा ६४३ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २८२ जना ग्रेडेड भएका छन्। सामुदायिक विद्यालयतर्फ समग्र ग्रेडेड हुने दर ४३८६ प्रतिशत रहेको छ।

संस्थागत विद्यालयतर्फ शान्तिदीप इङ्लिस बोर्डिङ स्कुल शतप्रतिशत नतिजासहित अग्रस्थानमा आएको छ । सो विद्यालयका ८ वटै विद्यार्थी ग्रेडेड भएका छन्। लिटिल स्टेप एकेडेमी दोस्रो स्थानमा रहँदा ३७ जना विद्यार्थीमध्ये ३६ जना ग्रेडेड भएका छन्। सफलताको प्रतिशत ९७.३० छ । तेस्रो स्थानमा रहेको भ्युराहन स्मल ह्यावन इंग्लिश बोर्डिङ स्कुल मा १४ मध्ये १३ जना ग्रेडेड भएका छन्, सफलताको दर ९२.८६ छ।

संस्थागत विद्यालयका २०४ विद्यार्थीमध्ये १८१ जना ग्रेडेड भएका छन्। संस्थागत विद्यालयतर्फ समग्र ग्रेडेड हुने दर ८८.७३ प्रतिशत रहेको छ ।  नगरपालिकास्तरीय विश्लेषणमा सामुदायिक विद्यालयको औसत ग्रेडेड प्रतिशत ४३.८६ मात्र रहेको छ भने संस्थागतको ८८.७३ प्रतिशत पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस