कावासोती । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) को आयोजनामा तथा श्री नं २ वन तथा पर्यावरण सुरक्षा गढ हात्तीखोर र जिल्ला प्रहरी कार्यालय नवलपरासीको समन्वयमा यौनजन्य संक्रमण, एच.आई..भीरएड्स तथा डेंगु सम्बन्धी १ दिने विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गढमा कार्यरत १२० जना सुरक्षाकर्मी र जिल्ला प्रहरी कार्यालयका ५० जना सुरक्षाकर्मी गरी जम्मा १७० जनाको सहभागिता रहेको थियो।
डेंगु, यौनजन्य संक्रमण तथा एचआईभी/एड्स सम्बन्धी सत्रहरू विनयी त्रिवेणी आधारभूत अस्पतालका डा.विवेक पौडेल र प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको उद्देश्य सुरक्षाकर्मीहरूलाई यस्ता रोगहरूको जोखिम, लक्षण, रोकथाम र उपचारबारे जानकारी गराउनु थियो। सहभागीहरूले यस्ता स्वास्थ्य समस्याबारे व्यवहारिक ज्ञान हासिल गर्नुका साथै समुदायमा जनचेतना फैलाउन सक्ने अपेक्षा गरिएको छ।