२०८२ अषाढ २१, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जिल्ला स्तरीय VPD निगरानी समिक्षा बैठक सम्पन्न

२०८२ अषाढ ५, बिहिबार प्रकाशित ( हफ्ता अघि) ६२ पाठक संख्या

कावासोती । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा तथा विश्व स्वास्थ्य संगठन (WHO) – IPD पोखरा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला स्तरीय VPD (Vaccine Preventable Diseases) Surveillance Review Meeting सम्पन्न भएको छ।

1750923100434

कार्यालय प्रमुख शैलेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न उक्त एक दिवसीय समिक्षा बैठकमा मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू, VPD Reporting Units (RU) र ल्याब फोकल पर्सनहरूको सहभागिता रहेको थियो।

1750923105151

बैठकमा जिल्लामा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रणाली, रिपोर्टिङको अवस्था, चुनौती र सुधारका उपायबारे गहन समीक्षा तथा छलफल गरिएको थियो। साथै, आगामी दिनमा निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहभागि निकायहरूबीच सहकार्य र समन्वय बढाउने विषयमा पनि जोड दिइएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस