२०८२ भाद्र ४, बुधबार
नयाँ
पछिला अपडेट

मानसिक स्वास्थ्यमा सचेतना र पैरवीका लागि बहस कार्यक्रम सम्पन्न

२०८२ अषाढ ९, सोमबार प्रकाशित ( महिना अघि) १६९ पाठक संख्या

कावासोती । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) को आयोजनामा र सामुदायिक प्रहरी सेवा केन्द्र–जिल्ला प्रहरी कार्यालय नवलपरासीको सहकार्यमा एक दिवसीय “मानसिक स्वास्थ्य सचेतना तथा पैरवी बहस कार्यक्रम” सम्पन्न गरिएको छ।

कार्यालय प्रमुख शैलेन्द्र कुमार सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, विद्यालय शिक्षक, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम् सेविकासहित ४० जनाको सहभागिता रहेको थियो।

1750922269258

कार्यक्रममा मानसिक स्वास्थ्यप्रतिको जनचेतना र नीतिगत पैरवीमा जोड दिइएको थियो। प्राविधिक सत्रको सहजीकरणमा मध्यविन्दु प्रादेशिक अस्पतालका मेसु डा.रमेश प्रसाद आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी नायब उपरीक्षक रामशंकर यादव, अस्पतालकै डा.प्रमोद काफ्ले र प्रदेश जनस्वास्थ्य कार्यालयका छबिलाल सुवेदी सहभागी हुनुभएको थियो।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान, अनुभव र चुनौतीबारे गहन छलफल गरेका थिए। मानसिक स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस