चोरमारा – नवलपुरको मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेललाई बुधवार राति सर्पले टोकेको थियो ।
परिवारका सदस्यहरूले तत्कालै उनलाई उपचारका लागि अस्पताल लगे पनि उपचारका क्रममा उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वर्षाको समयमा सर्प देखिने र टोक्ने घटनाहरूमा वृद्धि हुने भएकाले सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन्।