२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा गाडीको ४५ किलोमिटर लामो जाम, महेन्द्रराजमार्ग ठप्प

२०८२ अषाढ ५, बिहिबार प्रकाशित ( घण्टा अघि) २२२ पाठक संख्या

कावासोती । विनयी खोलाको डाइभर्सन सडकमा बुधबार साँझ करिब दुई घन्टा मात्र सञ्‍चालन गरिएको यातायात फेरि रोकिएको छ। खोलाको माथिल्लो क्षेत्र ९सिरान० मा पानी परेको जानकारी पाएपछि डाइभर्सन हुँदै आउजाउ गर्ने सवारी साधन राति खोलाले बगाउने जोखिम देखिँदा प्रहरी प्रशासनले यातायात पुनः बन्द गरेको हो।

मंगलबार राति आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो। पछि बुधबार साँझ साढे ६ बजे अस्थायी रुपमा सडक मर्मत गरी केही समयका लागि आवागमन खोलिएको थियो। तर साढे ८ बजेपछि जोखिम बढेपछि प्रहरीले पुनः यातायात रोकिएको जानकारी दिएको छ।

उता दाउन्ने क्षेत्रमा भने मंगलबार राति २ बजेदेखि अवरुद्ध रहेको महेन्द्रराजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। बुधबार साँझ राजमार्ग सुक्न थालेपछि करिब ४५ मिनेटका लागि आवागमन खोलिएको थियो। तर राति साढे ८ बजे फेरि पानी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको भन्दै पुनः यातायात अवरुद्ध गरिएको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ।

राजमार्गमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा महेन्द्रराजमार्गको दाउन्ने खण्डमा करिब ४५ किलोमिटरसम्म लामो सवारी जाम देखिएको छ। यात्रुहरू निकै हैरान भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस