कावासोती । नवलपुरको कावासोती नगरपालिका–५ निवासी पूजा श्रेष्ठ जनता माध्यमिक विद्यालय, त्रिभुवनटार डण्डाको पहिलो महिला प्रधानाध्यापक बन्नुभएको छ।
शिक्षण क्षेत्रमा लामो अनुभव बटुलेकी थापा हालै सम्पन्न आन्तरिक प्रतिस्पर्धाबाट प्रधानाध्यापक पदमा नियुक्त हुनुभएको हो।
स्थानियस्तरमा महिलाको नेतृत्वमा शिक्षण संस्थाको प्रगति हुने विश्वासका साथ, पूजा श्रेष्ठको यस नियुक्तिलाई ऐतिहासिक अवसरको रूपमा लिइएको छ। शिक्षा क्षेत्रमै समर्पित भएर लामो समयदेखि सक्रिय रहिआउनुभएकी उहाँलाई प्रधानाध्यापकको जिम्मेवारी प्राप्त हुनुले सम्पूर्ण समुदायमा खुसीको लहर छाएको छ।
स्थानीयवासी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूले उहाँलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। कावासोतीका समाजसेवी र स्थानीय नागरिकहरुले उहाँको नेतृत्वमा विद्यालय थप प्रगतिपथमा अगाडि बढ्ने आशा व्यक्त गरेका छन्।