२०८२ भाद्र २९, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा गर्मी बिदा लिन विद्यालयहरूलाई निर्देशन

२०८२ जेष्ठ २८, बुधबार प्रकाशित ( महिना अघि) ५४५ पाठक संख्या

चोरमारा । गर्मीको तीव्रता बढेसँगै विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि मध्यविन्दु नगरपालिकाले आफ्ना क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आवश्यक परेको खण्डमा गर्मी बिदा दिने अधिकार प्रदान गरेको छ।

नगरपालिकाका उपसचिव पदमराज आचार्यद्वारा जारी सूचनामा भनिएको छ कि अत्यधिक गर्मीका कारण विभिन्न विद्यालयहरूबाट विदाको माग आएको र विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको जानकारी प्राप्त भएकोले, विद्यालयको अवस्था हेरी वर्षे विदाबाट समायोजन हुने गरी विद्यालयले स्वविवेकमा निर्णय गर्न सक्ने व्यवस्था गरिएको हो।

यस निर्णयपछि विद्यालयहरूले स्थानअनुसार गर्मीको अवस्था मूल्याङ्कन गरी आवश्यक बिदा दिन सक्नेछन्। शिक्षण कार्यलाई प्रभावित नगर्ने गरी समायोजनको व्यवस्था गर्न पनि नगरपालिकाले आग्रह गरेको छ।

नगर क्षेत्रका बासिन्दा तथा अभिभावकहरूले उक्त निर्णयलाई स्वागत गरेका छन् भने विद्यालयहरूमा अब चाँडै गर्मी बिदा सुरु हुने आशा गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

1749642317003

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस