२०८२ जेष्ठ ३१, शनिबार
नयाँ
पछिला अपडेट

गौडाकोटमा कारले मोटरसाइकल ठक्कर दिँदा ३ जना घाइते

२०८२ जेष्ठ २६, सोमबार प्रकाशित ( दिन अघि) ५७५ पाठक संख्या

चाेरमारा । नवलपुरको गैडाकोट नगरपालिका–१३ अमरापुरीस्थित पूर्व–पश्चिम राजमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जना घाइते भएका छन्।

आइतबार साझं ८:४५ बजे कावासोतीबाट गैडाकोटतर्फ जाँदै गरेको ग ४ प ७९३९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक कावासोती नगरपालिका–३ का २५ वर्षीय सुम बहादुर सुनारी घाइते भएका छन्। उनको दाहिने हात र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार गैडाकोट नगरपालिका–५ की २७ वर्षीया रोशनी आलेको टाउकोमा चोट लागेको छ। त्यस्तै, रोशनीसँगै रहेकी उनकी तीन वर्षीया छोरी मिया आलेको पनि टाउकोमा चोट लागेको छ । घाइतेहरूको गैडाकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस