२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

गिरुवारी खोलाको भाँचिएको पुल मर्मतपछि सवारी सञ्चालनमा

२०८२ जेष्ठ २३, शुक्रबार प्रकाशित ( साल अघि) ७५८ पाठक संख्या

चोरमारा । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत गिरुवारी खोलामा क्षतिग्रस्त पुल मर्मतपछि यातायात पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार शुक्रबार साँझ ६ बजेदेखि पुल हुँदै सवारी आवतजावत सुरु गरिएको हो। उनका अनुसार मर्मतकार्य पूरा भएसँगै सवारी सञ्चालनमा ल्याइएको हो।

गत बैशाख २९ गते होंङसी सिमेन्ट कम्पनीको अत्यधिक भारयुक्त ट्रकले पुलमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको थियो। त्यसयता पुलको मर्मतका लागि आवागमन बन्द गरिएको थियो। मर्मतपश्चात पुल सञ्चालनमा आएपछि स्थानीयवासी तथा यात्रुहरूलाई सहज भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस