२०८२ माघ २१, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा फर्निचर उद्योगमा आगलागी, २० लाखको क्षति

२०८२ जेष्ठ १८, आईतबार प्रकाशित ( महिना अघि) ४८४ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका–१७, ढोकीमा हिजो साँझ भीषण आगलागी भएको छ। ढोकीस्थित सुरज वैद्यको फर्निचर उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगो स्थानीय बासिन्दा, कावासोती नगरपालिकाको दमकल तथा सुरक्षाकर्मीहरूको सक्रियतामा नियन्त्रणमा आएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस