२०८३ जेष्ठ १, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस र माइक्रोबस ठोक्किँदा ९ घाइते, पाँचको अवस्था गम्भीर

२०८२ जेष्ठ ६, मंगलबार प्रकाशित ( महिना अघि) ८३८ पाठक संख्या

कावासोती । नवलपुरको गैडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ९ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको यात्रुबाहक बस र बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परि माइक्रोबस चालक रुपन्देहीको देवदह नगरपालिका–२ निवासी ४२ वर्षीय बिनोद सिँह ठाकुर, सहचालक २९ वर्षीय गोपाल मगर, चितवनको भरतपुर महानगरपालिका– १६ की २१ वर्षीया अनिता नेपाली, ३६ वर्षीया बिण्णु नेपाली र बुटवल उपमहानगरपालिका–५ की २२ वर्षीया बर्षात सुबेदी गम्भीर घाइते भएका छन्।

सभी घाइतेलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस